अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
२०८३ भदौ ८, काठमाडौं । राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् ।
अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल आगामी दुई वर्ष (सन् २०२६–२८)को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएकी हुन् ।

४८० मतदाता रहेको १५ सदस्सीय कार्यसमितिको लागि उक्त मतदानमा खसेको कुल ८५ मतमध्ये मन्जिलाले ६३ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । उनका एकमात्र प्रतिद्वन्द्वि उम्मेद्वार साहित्यकार निर्णलरमल पराजुलीले मात्र २२ मत पाएका थिए ।
अध्यक्षबाहेक अन्य सबै पदका लागि उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका हुन् । यसरी निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा कमला वली, उपध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल छन् ।
यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमशः साहित्यकारहरु रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाइँ, केवला भट्टराई, देवेन्द्र पराजुली, सुषमा आचार्य, उषा केसी, डीआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल छन् ।