अभिनवले गर्यो हेमन्त कविगोष्ठी तथा पुस्कत लोकार्पण
झापा, पौष २६ । अभिनवको १८७औँ शृङ्खला अन्तर्गत हेमन्त कविगोष्ठी तथा पुस्तक विमोचन सम्पन्न । राजधानीमा शनिबार अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व तथा गङ्गा कर्माचार्य पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममलाई शारदा पराजुलीले सञ्चालन गरेकी थिइन् । कोषराज न्यौपाने, बूँद राना, मन्दिरा मधुश्री, प्रह्लाद पोख्रेल, अप्सरा ढकाल, मुक्ति गौतम विशेष आतिथ्य रहेको कार्यक्रममा सरिता दुलाल घिमिरेको कविता सङ्ग्रह "छोरी हूँ म"को लोकार्पण गरिएको थियो । लोकार्पित पुस्तकको समीक्षा साहित्यकार परशुराम पराशरले गरेका थिए भने स्रष्टा घिमिरेले सबैलाई धन्यवाद दिंदै आफ्नो मन्तव्यका साथैएउटा कविता प्रस्तुत गरेकी थिइन् ।
हेमन्त कविगोष्ठी समेत सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा स्रष्टाहरूमा- ठाकुर खतिवडा, लीला घिमिरे, शान्ति रिसाल,घनश्याम प्रसाईं, गङ्गाप्रसाद भेटवाल, भरतमणि ढुङ्गाना, कविराज घिमिरे, डिल्लीराज अर्याल, गङ्गाप्रसाद भेटवाल, बाजुराम पौडेल, निर्मलरमण पराजुली, द्वारिका कुइँकेल, शर्मिला तिमिल्सिना, वासुदेव पौडेल, सृजन नेपाल, खोलाघरे साहिँलो, प्रह्लाद पोखरेल, अप्सरा ढकाल, मन्दिरा मधुश्री, विना लोप्चन, बुँद राना, विमल अर्याल लगायतले कविता, गजल, गीत सुनाएका थिए । भारतको मणिपुरबाट आउनुभएको मुक्ति गौतमले छोटो मन्तव्यका साथ दुईवटा लघुकथा सुनाएको कार्यक्रममा कोषराज न्यौपानेऽ प्रमुख अतिथि गङ्गा कर्माचार्य पौडेलले स्रष्टा सरिता दुलाललाई हार्दिक बधाइका साथमा पूर्वप्रसङ्गहरू स्मरण गर्दै अभिनवलाई समेत धन्यवाद दिए । अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले सरिता घिमिरेलाई कृति प्रकाशनका लागि बधाइ कार्यक्रममा वाचन गरिएका रचनाहरूको मूल्यांकन सुनाए । सभानायक विमल अर्यालले पनि सभा समापन गर्ने क्रममा सरिता दुलाल घिमिरेलाई र उपस्थित सबैलाई धन्यवाद दिँदै सभाको समापन गरेका थिए ।
धन्यवाद छ समाचार दाता तथा प्रसारक परिबार सबैलाइ