१९अौँ राष्ट्रिय पुस्तकालय दिवसझापामा धुमधामका साथ सम्पन्न

खगिन्द्रा खुसी · भदौ १६, २०८३ १०:०६ PM
Cover Image for News

१५ भदौ, झापा गते १९अौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा त्रिफला राष्ट्रिय पुस्तकालयको शभाहलमा भब्य तथा  सभ्य रुपमा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश ,मेचीनगरपालिका र पुस्तकालय संघ कोशी प्रदेशको सम्युक्त  आयोजनामा सम्पन्न कार्यक्रममा  प्रतियोगितात्मक काव्य गोष्ठी, विद्यार्थीहरुबीच निबन्ध  प्रतियोगिता  र भजन प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भयो ।

फोटो
करिव१५०जनाको सहभागीतामा  सम्पन्न उक्त  प्रतियोगितामा कवि जयनारायण भट्टराई  प्रथम,कवि गोपाल प्रसाद दाहाल दोस्रो, कवि उषा गुरुङले तेस्रो स्थान प्राप्त  गर्नु भयो भने दुर्गा प्रसाद सिग्देलले शान्त्वना पुरस्कार  प्राप्त गर्नु भयो । ४वटा भजन समूहद्वारा  मीठो भजन प्रस्तुत गरेका सो कार्यक्रममा  बिजेेेता कवि ,भजन समूहका सम्योजकलाई फूल,माला,अविर,प्रमाणपत्र र उपहारले सम्मान गरिएको थियो ।  नगद पुरस्कारको रकम सामाजिक मन्त्रालयले सम्बन्धित कवि र निर्णायकको खातामा भुक्तानी  गर्ने कुराको जानकारी गराइएको छ।  प्रतियोगी र अप्रतियोगी डेढ दर्जन कविहरुले कविता वाचन गर्नुभएको  उक्त प्रतियोगिताको निर्णायकमा प्रा.डा गङ्गा प्रसाद अधिकारी र हेम अधिकारी हुनुहुन्थ्यो ।

 पुस्तकालय संघका ऋषिकेशव चापागाईं अध्यक्ष ,कोशी प्रदेशका माननीय मन्त्री गीता तिम्सिना  प्रमुख अविभावक,सामजिक मन्त्रालयका सचिव बिष्णु प्रसाद कोईराला  सम्रक्षक,गोपाल बुढाथोकी  प्रमुख आमन्त्रित ,चिन्तामणि दाहाल,विशेष अतिथि,दुर्गा प्रसाद भट्टराई  विशेष अतिथिले मन्तब्य राख्नु भएको कार्यक्रममा ,गोपाल दाहाल अतिथि, होमनाथ भण्डारी अतिथि हुनुहुन्थ्यो ।

फोटो
 नवराज घिमिरे , जीवनहरी शर्मा ,कृष्ण सुवेदी"निराकार र सुदर्शन बरालले पाल‌ैपालो कार्यक्रम सन्चालन गर्नु भएको समाचार लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेबाट प्राप्त भएको छ ।

ट्यागहरू:
literature nepalisahitya bal srijana
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।